दफा ३५९
फलोपभोग अन्तर्गतको सम्पत्ति मर्मत सम्भार तथा हेरविचार गर्नु पर्ने

(१) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति आफ्नै सम्पत्ति सरह मानी उचित र मनासिब तवरले मर्मत सम्भार तथा हेरविचार गर्नु पर्नेछ ।
(२) कुनै व्यक्तिले फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा लिएकोमा निजले त्यस्तो सम्पत्तिको उचित र मनासिब तवरले हेरविचार गर्नु पर्नेछ ।
(३) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको मर्मत सम्भार आफ्नै खर्चमा गर्नु पर्नेछ । तर विपद्को कारण सारभूत रकम (सब्स्ट्यान्सियल एमाउण्ट) खर्च गरी त्यस्तो सम्पत्ति मर्मत र सम्भार गर्नु परेमा स्वामित्ववालाको पूर्व स्वीकृति लिनु पर्नेछ र त्यसरी भएको मर्मत सम्भारको खर्च स्वामित्ववालाले व्यहोर्नु पर्नेछ ।